२०८१ फागुन १४, बुधवार , ०५:५२:५७ बजे

Sajhamanch
'

काठमाडौंका विभिन्न क्षेत्रमा भोलिदेखि शुक्रवारसम्म ४ घण्टा बिजुली नआउने

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि आइतवारदेखि २८ गते शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले यी तीन केन्द्र अन्तर्गत विभिन्न ठाउँमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भोलि २३ गते गोठाटार फिडर, २४ गते कालीमाटी र रिगमेन फिडर, २५ गते गोठाटार फिडर, २६ गते ताहाचल र चौमती फिडर, २७ गते गोठाटार फिडर र २८ गते मच्छेगाउँ फिडर अन्तर्गत ठाउँहरुमा विद्युत आपूर्ति बन्द हुनेछ ।

भोलि फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, पर्सि सोमवार सोल्टीमोडबाट रविभवनसम्म, मङ्गलवार फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, बुधवार छाउनी अस्पताल क्षेत्र, बिहीवार तेजविनायक चोकबाट मानटार चोकसम्मको क्षेत्र र शुक्रवार ढाल्पाक चोकबाट राराहिल चोकसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर