
काठमाडौं । बङ्गलादेश र जिम्बाब्वे बीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल बङगलादेशको चट्टोग्राममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । श्रृङ्खलाको दोस्रो खेल पर्सि आइतवार, तेस्रो खेल मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल ३० गते आइतवार हुनेछ ।
बङ्गलादेशले टी–२० विश्वकप अघि जिम्बाब्वेसँग टी –२० श्रृङ्खला खेल्न लागेको हो । जिम्बाब्वे भने वेस्टइन्डिज र अमेरिकामा आउँदो जुनमा हुने टी–२० विश्वकपमा पुग्न असफल भएको थियो ।