२०८१ फागुन १५, बिहिवार , ०६:१९:४२ बजे

Sajhamanch
'

सुनको भाउ १ हजार १ सय रुपैयाँले घट्यो

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।