
कास्की । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
चार दिनदेखि रोकिएको उडान आज बिहानदेखि नियमित भएको बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । चार दिनमा दुई दिन कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएका थिए । मौसममा सुधार आएसँगै ‘भिजिबिलिटी’ पुगेकाले आज बिहानैदेखि उडान नियमित भएका उहाँले बताउनुभयो ।
पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विमानस्थल बन्द भएको थियो । चार दिनसम्म उडान नहुँदा यात्रुले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।