२०८१ फागुन १९, सोमवार , १०:३२:४९ बजे

Sajhamanch
'

धादिङमा घर जल्दा दम्पतीको मृत्यु

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।

बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो । गएराति ११ः३० बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।

‘दमकल जाने स्थिति पनि थिएन, राति १२:३० बजे आगो निभ्यो, भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले भने ।

आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ । धनमाल क्षतिको विवरण संकलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

बिहिवार, वैशाख २०, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर