
पाल्पा । पाल्पामा हिजो एकैदिन आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका – ६, हेक्लाङीको बाँसडाँडा, रेडी र खुमडाँडामा गरी १६ घरगोठ जलेर नष्ट भएको हो ।
हिजो दिउँसो वनमा लागेको आगो बेलुकीपख गाउँमा पस्दा घरहरू जलेका हुन् । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेको पीडितले बताएका छन् ।