२०८१ पौष २१, आइतवार , ११:१८:१५ बजे

Sajhamanch
'

तेस्रो टी–२० मा उत्कृष्ट जीतसँगै वेस्ट इन्डिज ‘ए’ ले नेपालविरूद्धको सिरिजमा लियो अग्रता

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । तेस्रो टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ रनले पराजित गरेको छ ।

यससँगै सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल खेल्न बाँकी छँदा १५१ रनमा अलआउट भयो ।

नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए ।

लगातार विकेट गुमाएको नेपालका ओपनर लोशेक बमले गुणाकेश मोतीबाट बोल्ड हुनुअघि २९ बलमा १ चौका २ छक्काको मद्दतमा २८ रन जोडे ।

कुशल मल्लले ११ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन बनाए । गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमिकामा रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए । कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके ।

अन्तिम ओभरमा आउट भएका करण केसीले २८ रन जोडे । बलिङमा वेस्ट इन्डिजका हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए ।