२०८१ मंसिर ७, शुक्रवार , ०१:१६:३५ बजे

Sajhamanch
'

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्णः अध्यक्ष ढकाल

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद गठन हुनु, स्थानीय श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनामा कमी आएको बताए ।

अध्यक्ष ढकालले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएको बताए ।

उनले सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा लिने गरेको बताए ।

सम्बन्धित खबर