२०८१ फागुन ८, बिहिवार , ०६:३८:३९ बजे

Sajhamanch
'

बिर्तामोडमा दुईवटा स्कुल बस ठोक्कियो, दुई जना घाइते

बुधवार, वैशाख १९, २०८१

झापा । झापाको बिर्तामोडमा तीव्र गति कारण दुई वटा स्कुल बस एकआपसमा ठोक्किएको छ । बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस ठोक्किएको हो।

मंगलबार ५ः३० बजे बिर्तामोड-४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको निदी स्कुलको ना ६ ख ९३८० नम्बरको बस र दक्षिणबाट उत्तरतर्फ गइरहेको तक्षशिला स्कुलको मे १ ख १७३७ नम्बरको बस ठोक्किएको हो । दुर्घटनामा मे १ ख १७३७ नम्बरको बसका चालक तनहुँ बन्दीपुर- २ बस्ने ४० वर्षीय तिलक जिसी र सहचालक झापा बाह्रदशी-५ का ५२ वर्षीय रूपनारायण सिग्देल घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको छ ।

अर्को बसका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यार्थीहरूलाई घर पुर्‍याएर ती दुवै स्कुल बस फर्किँदै गरेको बताइएको छ ।

बुधवार, वैशाख १९, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर