
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई काम गरी फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ ।
आज ललितपुरमा भएको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीलाई स्वदेशमै सीपको प्रयोग गर्ने अवसरका लागि कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
‘के हामी परियोजना’ ले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । उहाँले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीलाई रोजगारीमा जोड्ने र थप खुशी बनाउनेसमेत बताउनुभयो ।