
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । घाइतेहरुलाई अस्पतालतर्फ लगिँदैछ ।
ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।