२०८१ जेठ ४, शुक्रवार , ०५:५३:३२ बजे

Sajhamanch
'

रास्वपाका उम्मेदवार लिम्बूले जमानत पनि जोगाउन सकेनन्

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा उनले जमानत जोगाउन नसकेका हुन्।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ। निर्वाचन आयोगको कार्यालयका अनुसार इलाम-२ मा ६९ हजार ३७४ मत खसेकोमा ६८ हजार ४७२ मत सदर भएको थियो। लिम्बूले पाँच हजार ५० मात्र मत ल्याए।

उनलाई जिताउन गृहमन्त्री समेत रहेका रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा लिम्बू चौथो स्थानमा पुगे।

सम्बन्धित खबर