
काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।