२०८१ जेठ ८, मङ्गलवार , ०५:२४:३० बजे

Sajhamanch
'

बैशाख २३ गतेदेखि कमलमा खुल्ला महिला फुटबल नकआउट प्रतियोगिता हुँदै

आइतवार, वैशाख १६, २०८१

कमल । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा खुल्ला महिला फुटबल नकआउट प्रतियोगिता हुने भएको छ ।

यही बैशाख २३ गतेदेखि २८ गतेसम्म कमल गाउँपालिका ३ स्थित खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितामा झापा, इलाम र मोरङका ८ वटा टिम सहभागी हुने आज केर्खामा पत्रकार सम्मेलन गरी खेल संयोजक रुस्तम राईले जानकारी गराए ।

प्रतियोगितामा विजयी हुने टिमले नगद ३१ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजयी टिमले नगद २१ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, प्लेयर अफ दि म्याच, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोल किपरलाई समेत नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सन्त मगरले बताए ।

कमल गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रतियोगिता सञ्चालन गर्नका लागि २ लाख ५० हजार रुपैयाँ उपलब्ध हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर