
बुुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको दोस्रो दिनको खेलमा नर्थ बंगाल फुुटबल क्लब भारतलाई ३–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईँले ह्याट्रिक गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोड युुनाइटेडले अग्रता लिएको थियो । मैदानको मध्यभागबाट बिर्तामोडका डिफेन्डर देबेन्द्र तामाङले गरेको फ्रि किकलाई हेडमार्फत अभिषेक गुरुङले नर्थ बंगालको पोष्टमा प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक राकेश सिंहको हातबाट फुत्किएको मौका पारी बिर्तामोडका छरिता स्ट्राइकर आशिष चापागाईँले गोल गरेका हुन् ।
बिर्तामोडको अग्रता धेरै बेर टिकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नर्थ बंगालले बराबरी गोल गरेको थियो । मोहम्मद राहुलको क्रस पासमा डी बक्समा अनमार्क रहेका हेमराज भुजेलले हेड मार्फत सुन्दर गोल गरेर खेललाई बराबरीमा पुर्याए ।
खेलको ३६औं मिनेटमा नर्थ बंगालका राहुल बासुमत्रीले बिर्तामोडकमा आशिष चापागाईँलाई डी बक्समा फल गरेपछि बिर्तामोडले पेनाल्टी पाएको थियो । बिर्तामोडकम लागि आशिषले नै पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
बिर्तामोडका लागि खेलको इन्ज्युरी समयमा आशिषले नै अर्काे गोल थपे । विपक्षी गोलरक्षक अगाडि बढेको समयमा गरेको उनको प्रहार गोलमा परिणत भएको थियो ।
खेलकाृ प्लेयर अफ द म्याच बिर्तामोड युनाइटेड एफसीका आशिष चापागाईँ भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।
भोलिको अर्काे क्वाटरफाइनल खेल मानेभन्ज्याङ एफसी भारत र धरान फुटबल क्लब सुनसरीबिच हुने आयोजक समितिका मिडिया संयोजक सुरज दंगालले जानकारी दिएका छन् ।