२०८१ फागुन १६, शुक्रवार , १०:१९:५२ बजे

Sajhamanch
'

मोटरसाइकलको टायरमा सल बेरिएर भएको दुर्घटनामा २२ वर्षीया स्मृतिको मृत्यु

आइतवार, वैशाख १६, २०८१

महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् । उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका ५ टुटेश्वर जंगलमा सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो। मोटरसाइकल स्मृतिले चलाएकी थिइन । पछाडि बसेकी उनकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको टायरमा बेरिएर अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको बताइएको छ।

मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका ४ हरिभवन हो। १ वर्षअघि मात्रै उनको विवाह भएको थियो।

सम्बन्धित खबर