
गुल्मी । गुलमीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा ७५ बर्षीय मनबहादुर फुम्जालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अरू १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको जीप दुर्घटना भएको हो ।