२०८१ जेठ ८, मङ्गलवार , ०२:३७:१४ बजे

Sajhamanch
'

लखनऊविरुद्ध राजस्थानको सहज जित

आइतवार, वैशाख १६, २०८१

काठमाडौं ।  इंडियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ।नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित निकाल्यो।

लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बलमा ७ चौका र ४ छक्का सहित ७१ रन बनाउँदै अविजित रहे।

यस्तै ध्रुव जुरेल ३४ बलमा ५२ रन बनाएर नटआउट रहे। जोस बटलरले ३४ तथा यशस्वी जैसवालले २४ रन जोडे।लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १९१ एकेट लिए।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो । लखनऊका लागि कप्तान केएल राहुलले ४८ बलमा सर्वाधिक ७६ रन जोडे। यस्तै दीपक हुडाले ३१ बलमा ५० रन जोडे। आयुष बडोनीले १८ रनमा अविजित रहे ।राजस्थानका सन्दिप शर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रण आश्विनले १९१ विकेट लिए ।

जित पछि राजस्थान ९ खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ । लखनऊ भने ९ खेलमा १० अंक सहित चौथो छ। शनिबार नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग पराजित भयो।

आइपीएलमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन्।

सम्बन्धित खबर