२०८१ पौष २, मङ्गलवार , १०:३८:३० बजे

Sajhamanch
'

काठमाडौंमा छायांकन गरिएको ‘द सेमलेस’को ट्रेलर, कान्समा हुँदैछ वर्ल्ड प्रिमियर

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । फिल्मको धेरैजस्तो भाग काठमाडौंमा छायांकन गरिएको रोमान्टिक-थ्रीलर फिल्म ‘द सेमलेस’को ट्रेलर सार्वजनिक भएको छ । विश्वप्रसिद्ध कान्स फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।

कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यो फिल्मलाई बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोजोनोभले निर्देशन गरेका हुन् । बोजोनोभको यो तेस्रो कथानक फिल्मले देहब्यापारबाट भाग्न खोजेका दुई महिला प्रेममा परेपछिको कथावस्तु पेश गर्छ ।यो फिल्म ती दुई महिलाको बारेमा हो जसले शताब्दीयौं पुरानो पितृसत्तात्मक परम्परामा जरा गाडेको दमनकारी समाजसँग व्यवहार गर्नुपर्छ किनभने उनीहरू कानूनबाट बच्न र स्वतन्त्रता खोज्नको लागि खतरनाक यात्रामा अघि बढ्छन् ।

१ मिनेट ४२ सेकेण्ड लामो ट्रेलरमा नेपाली अभिनेत्री लुनिभा तुलाधर, पूर्वमिस नेपाल निकिता चाण्डकलाई पनि देख्न सकिन्छ । काठमाडौंका दृश्य प्रशस्त देखिएपनि अन्य कलाकारलाई पनि ट्रेलरमा समावेश गरिएको छैन ।फिल्मलाई स्विजरल्याण्डको अक्का फिल्म्स, फ्रान्सको अर्बन फ्याक्ट्री, बुल्गेरियाको क्लास फिल्म्स, ताइवानको हाउस अन फायर र भारतको टिमो प्रोडक्सन एचक्यू लिमिटेडले निर्माण गरेका हुन् । अर्बन सेल्सले कान्समा फिल्मको बिक्री जारी राख्नेछ ।

सम्बन्धित खबर