
काठमाडौं । थानकोटबाट चित्लाङ हुँदै हेटौडाका लागि छुटेको जीप दुर्घटनामा परेको छ ।
बिहीबार बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो । उक्त जीप काठमाडौंबाट चित्लाङ हुँदै हेटौडा जाँदै थियो ।
उकालोमा तान्न नसकेपछि यात्रु झारेर हाँकेको बेलामा दुर्घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उकालो चढाउने क्रममा जीप पछाडि सरेर सडकबाट करिब ५० मिटर तल खसेको एसपी अधिकारीले बताए । जीपमा ११ जना सवार भए पनि सबैलाई झारेर उकालो चढाउन लाग्दा दुर्घटना भएको थियो ।