
काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुयौयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार छ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।