
काठमाडौं । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ६० रुपैयाँ रहेको थियो ।