२०८१ असोज ४, शुक्रवार , ०५:४१:३५ बजे

Sajhamanch
'

भारतको दार्जीलिङमा चुनाव: आज साँझदेखि ५ दिन नाका बन्द

मङ्गलवार, वैशाख ११, २०८१

मेचीनगर । भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै नाका मंगलबार (आज) साँझ ६ बजेदेखि ५ दिनसम्म पूर्णरुपमा बन्द हुने भएका छन् ।

भारत पश्चिम बंगाल राज्यको दार्जीलिङ जिल्लामा आउँदो शुक्रबार हुने लोकसभा चुनावका कारण शनिबार बिहानसम्मका लागि सीमावर्ती नाका बन्द हुन लागेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाका अनुसार दार्जीलिङमा यही अप्रिल २६ तारिख हुने १८ औं लोकसभा चुनावलाई लक्षित गरेर आउँदो शनिबार बिहान ६ बजेसम्म नाका बन्द हुँदैछ ।

खुला सीमाका कारण चुनावको सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नाका बन्द हुने र दुवै देशका सुरक्षाकर्मीले उच्चसतर्कताका साथ दशगजामा निगरानी बढाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसी बताउँछन् ।

उनका अनुसार सीमाको बन्द अवधिमा पनि अत्यावश्यक सेवालाई भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा सहज बनाइने छ ।

दार्जीलिङमा चुनाव हुने भएपछि झापाको भद्रपुरदेखि इलामको सीमाना सलकपुर र भारतसँग सीमा गाँसिएका इलाम जिल्लाका नाकाहरु पनि बन्द हुने जनाइएको छ ।

सम्बन्धित खबर