
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘पेमेन्ट गेटवे’ खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै मरासिनी निलम्बनमा पर्नुभएको थियो । विशेष अदालतले यो मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।
योसँगै अहिले अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।