२०८१ वैशाख २१, शुक्रवार , ११:०३:४१ बजे

Sajhamanch
'

माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिष्कार

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा नजाने भएका छन् ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।

गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमामका पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दैछ । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई समेत निम्ता गरिएको सो कार्यक्रममा नेता नेपाल भने नजाने भएका हुन् ।

‘औपचारिकताका लागि निम्तो आएको छ अध्यक्षज्यूको आज अरु ठाउमै कार्यक्रम छ ’, अध्यक्ष नेपालको सचिवालयका एक सदस्यले भने, ‘जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्यो उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित पनि छैन ।’

सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ । ‘पूर्वप्रधानमन्त्री खनाल हीरक महोत्सवमा सहभागी हुनुहुन्छ’, खनालको सचिवालयले भन्यो ।

सम्बन्धित खबर