२०८२ जेठ २०, मङ्गलवार , ०५:०५:०६ बजे

Sajhamanch
'

खयरडाँगीको दनुवार बस्तीमा विद्यार्थी भर्ना अभियान

सोमवार, वैशाख १०, २०८१

मेचीनगर । नयाँ शैक्षिक सत्र शुरु भएसँगै खयरडाँगीस्थित एक संस्थाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

मेचीनगर–१० स्थित चेतनशील सामुदायिक सिकाई केन्द्रले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहित सो अभियान शुरु गरेको हो ।

मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा खयरडाँगीको दनुवार बस्तीमा अभिभावक र विद्यार्थी भेला पारेर कार्यक्रम गरी अभियान थालिएको बताइएको छ ।

“शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउने हाम्रो मूल उद्देश्य हो” केन्द्रका अध्यक्ष उदय बराइलीले भने, “त्यसका लागि अभियानका क्रममा अभिभावक र विद्यार्थीलाई सम्झाईबुझाई गर्दैछौं ।”

सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष खनाल, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईंटेल, शिशु साक्षर आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य, शिशु साक्षर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीपी भट्टराई, चेतनशिल युवा परिवारका पूर्वअध्यक्ष चेतन विष्ट, उक्त वडाका सदस्य विशाल कार्की, अभिभावकमध्येबाट बिन्ती चौधरी लगायतले बोलेका थिए ।

त्यसक्रममा उनीहरुले शिक्षाको महत्व, बालबालिका विद्यालय पुग्न नसक्नुका कारण, पुर्याउन सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिका लगायत विषयमा आफ्ना धारणा राखेका थिए ।

केन्द्रका अध्यक्ष उदय बराइलीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष धर्मेन्द्र खड्काले गरेका थिए । नयाँ शैक्षिक सत्रको शुरुवातसँगै अधिकाँश विद्यालय भर्ना अभियानमा जुटेका छन् ।

सम्बन्धित खबर