
काठमाडौं । एसियाली यू–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार (आज) दुबई जाने भएको छ।
बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ८ सय र १ हजार ५ सय मिटर दौडमा बादल कार्की, १ सय र २ सय मिटर दौडमा आदेशकुमार यादव र १ हजार ५ सय र ३ हजार मिटर दौडमा अजय विकले प्रतिस्पर्धा गर्ने छन्।
महिला १ हजार ५ सय र ३ हजार मिटर दौडमा कल्पना बुढा सहभागी हुने छिन्।चारै खेलाडी राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा गत बिहीबार सम्पन्न १४ औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेता हुन् ।
प्रशिक्षक एथलेटिक्सकी मुख्य प्रशिक्षक कान्ती महतो रहेकी छन्। टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।