२०८२ वैशाख १७, बुधवार , ११:१८:१४ बजे

Sajhamanch
'

गोरखाको वीरेन्द्र ताल फुट्यो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम छ ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रहसहित स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबर