
धनगढी । कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन्।
बाजुराको जगन्नाथ गाउँपालिका–२ मा सोही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन्।
बिहीबार दिउँसो उनीहरूसँगै अन्य तीन जना बालिका नुहाउने क्रममा नदीमा बगेका थिए।बगेको देखेपछि स्थानीयले तीन जना बालिकाको सकुशल उद्धार भएको थियो।
बेपत्ता बालिकाहरूको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।