२०८१ फागुन १५, बिहिवार , ०२:४९:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट : उद्धारका लागि पहल गरिदिन आग्रह

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित र गम्भीर रहेको बताउनुभयो । साथै विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभएको छ ।

गएको असोजमा हमास लडाकु समूहले इजरायलमा गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन हुनुभएको थियो । उहाँको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

सम्बन्धित खबर