काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय २० कायम भएको छ ।