२०८१ मंसिर १०, सोमवार , ०२:३१:३४ बजे

Sajhamanch
'

पर्सामा बिलभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको आरोपमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

बिहीबार राति करिब साढे ७ बजे ५८ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको मालवाहक ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए ।

वीरगञ्ज–२५ स्थित सिर्सियामा ट्रकलाई रोकेर जाँच गर्दा ट्रकमा बिलबिजकभन्दा बढी सामान पाइएको र बिलबिजक पनि शंकास्पद देखिएको उनले बताए ।

थापाका अनुसार नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

सम्बन्धित खबर