![](https://sajhamanch.com/wp-content/uploads/2024/04/ACC-_nepali_cricket_team_finalff_roemgbVxaN.jpg)
काठमाण्डौ। एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।