
काठमाडौं । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको भाउ अहिलेसम्मकै उच्च हो ।
चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय २५ रुपैयाँ पुगेको छ ।