
जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
धनषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डिएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र अनुसान्धान पश्चात् मात्र केही भन्न सक्ने डिएसपी अवाले बताए ।