![](https://sajhamanch.com/wp-content/uploads/2024/04/Gujarat-Titans-IPL-final_xApCWDxeER.jpg)
राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल)मा कीर्तिमानी जित हासिल गरेको छ।जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो। राजस्थानको जितमा जोश बटलरले शतकीय पारी खेले। राजस्थानले कोलकता दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो।
त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाबविरुद्ध बनाएको कीर्तिमान राजस्थानले आज बराबरी गरेको हो। राजस्थानको जितमा ओपनर बटलरले यस संस्करणको दोस्रो शतक जड्दै ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन बनाए। राजस्थानका लागि रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोभमन पावेलले १३ बलमा २६ रन बनाए । यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए ।
कोलकताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २–२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनायो। नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे।
राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १९१ विकेट लिए।जित पछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा यथावत छ । कोलकता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ।आईपिएलमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।एजेन्सी