![](https://sajhamanch.com/wp-content/uploads/2024/04/prakat_pageni_final_iCHgc6ucGG.jpg)
काठमाण्डौ। पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उनी हिजो निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । कास्कीको रुपा गाउँपालिका ५ स्थायी निवासी उनीजण्डिस र निमोनियाको बिरामी थिए ।
पङ्गेनीको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् ।यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह)उनका प्रकाशित कृतिहरू हुन् ।