
काठमाडौं । आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला चार वटा कारोबार दिनदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १४.८१ अङ्कले घटेर एक हजार नौ सय ९१.७१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज एसबीएल डिबेञ्चर २०८९ र गुर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।
आज ५४ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।