
इलाम । इलाममा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका-१ मिलगोलाईस्थित सडकमा मे.११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका-९ बस्ने ४६ वर्षीया मनकुमारी लावतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।