२०८१ फागुन ११, आइतवार , १२:४१:१२ बजे

Sajhamanch
'

सहयोगी मनहरु नेपालद्वारा विपन्न परिवारलाई निःशुल्क झुल वितरण

सोमवार, वैशाख ३, २०८१

झापा । सामाजिक क्षेत्रमा क्रियाशील ‘सहयोगी मनहरु नेपाल’ले झापा र मोरङका विभिन्न ठाउँका ४४ परिवारलाई आइतबार झुल वितरण गरेको छ ।

अपाङ्ग, असाहय, अनाथ, दृष्टिबिहिन तथा उपचार अभावमा रहेकाहरुलाई आर्थिक तथा परोपकारको रुपमा सहयोग पुर्याउदै आएको संस्थाले सो दिन ४४ परिवारलाई झुल वितरण गरेको हो ।

संस्थाका सदस्यबाट स्वेच्छिक रुपमा संकलन गरिएको आर्थिक सहयोगले विपन्न सहयोग कार्यक्रम अन्तरगत निःशुल्क झुल वितरण गरिएको संस्थाका सचिव बिष्णु उप्रेतीले जानकारी दिए ।

गर्मी मौसममा लामखुट्टेको टोकाइबाट डेङ्गुका बिरामी बढेसँगै त्यसबाट बच्न संस्थाले छुट्टाछुट्टै ठाँउमा विपन्न परिवारलाई झुल वितरण गरेको उप्रेतीले बताए । आफ्ना सदस्यले स्थानीय विपन्न परिवारको लगत संकलन गरेको आधारमा झुल वितरण गरेको उनले जनाए ।

झापाको मेचीनगर ९ खुट्टीडाँगीस्थित सत्यनारायण मन्दिर परिसरमा स्थानीय अति विपन्न ३० परिवालाई झुल वितरण गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ९ का वडाध्यक्ष कञ्चन तामाङ र प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्रको संयोजक संगीता थापा, संस्थाकी सदस्य प्रतीक्षा पराजुलीले संयुक्त रुपमा विपन्नलाई झुल प्रदान गरेका थिए ।

संस्थाका उपाध्यक्ष सुमनराज रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु उप्रेतीले गरेका थिए ।

त्यसैगरी आइतबार नै सहयोगी मनहरु नेपालले मोरङ जिल्लाको पथरी शनिश्चरेमा १४ परिवारलाई २० थान झुल वितरण गरेको छ ।

भीमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न झुल वितरण कार्यक्रममा वडा प्रतिनिधि अम्बिका लिम्बूले विपन्न परिवारलाई झुल वितरण गरेकी थिइन् ।

सविन रिमालले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन दिपेश खनालले गरेका थिए ।

कोभिड १९ र त्यसपछि विभिन्न रुपमा समस्यामा परेका समुदाय र परिवारलाई सहयोग पुर्याउदै आएको संस्थाले २०७६ सालमा संस्थापन प्रक्रिया पूरा गरिसकेको सचिव उप्रेतीको भनाई छ ।

सम्बन्धित खबर