२०८१ फागुन १०, शनिवार , ०५:११:४० बजे

Sajhamanch
'

पूर्व उपाध्यक्ष गिरीलाई कानुनी कारबाही गर्न एमालेको माग

आइतवार, वैशाख २, २०८१

झापा । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेल माथि हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको छ एमाले झापाले ठहर गरेको छ ।

पार्टी जिल्ला कमिटीले आज एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै गिरीको अभिव्यक्तिले नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ को ठाडो उल्लंघन भएको जनाएको हो ।

जिल्ला सचिव तुलसी कार्कीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा कानुनी रुपमा वर्जित गरिएका यस प्रकारका उदण्ड र विध्वंस मचाउन खोज्ने उच्छृङ्खल गतिविधि साथै जातीय भेदभाव तथा छुवाछुतजन्य घटनाको नेकपा (एमाले) जिल्ला कमिटी झापा खेद व्यक्त गर्दछ भनिएको छ ।

एमालेले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षसंग माग पनि गरेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

सम्बन्धित खबर