२०८१ वैशाख १९, बुधवार , ०३:३४:२९ बजे

Sajhamanch
'

इलामको पाथीभरामा भोलि सोमबार भण्डारा लगाइने

आइतवार, वैशाख २, २०८१

रोङ (इलाम) । इलामको कोल्बुङस्थित पाथीभरा मन्दिरमा चैते दशैंको अवसर पारेर वैशाख ३ गते सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको हो ।

झापाका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समिति बिर्तामोडले भण्डारामा भक्तजनहरुलाई प्रसाद वितरण गर्ने कार्यक्रम छ । पाथीभरा भण्डारा समिति बिर्तामोडले पाथीभरामा गर्न लागेको यो १८औ भण्डारा हो ।

हरेक वर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा भण्डारा आयोजना हुँदै आएकोमा यस वर्ष चैत्र शुक्ल पक्षको सप्तमी (फूलपाती)–का दिन सोमबार मन्दिर परिसरमा भण्डारा गरिने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताए ।

८ वर्ष अघिबाट लगातार सञ्चालन हुँदै आएको सो कार्यक्रम कोरोनाका कारण केही वर्ष बृहत रुपमा हुन सकेको थिएन । तर अब भने भण्डारालाई निरन्तरता दिइने अग्रवालले बताएका छन् ।

पाथीभरा भण्डारा समूहले पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ खानेपानीको ब्यवस्था पनि मिलाएको जनाइएको छ । कुटीडाँडास्थित मार्से खोला मुहानबाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो ।

त्यसक्रममा पाथीभरा भण्डारा समूहले उल्लेख्य सहयोग गरेको पाथीभरा समितिका सचिव एगा अर्यालले बताए । मन्दिर परिसरको केही क्षेत्रमा टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी दिएका छन् ।

सम्बन्धित खबर