२०८१ फागुन १४, बुधवार , ०४:२५:०२ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आज कोलकाता र लखनउ तथा मुम्बई र चेन्नई खेल्दै

आइतवार, वैशाख २, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।

कोलकत्ता ४ खेलमा तीन जितसहित तालिकाको दोस्रो स्थानमा छ । लखनउले ५ खेलमा तीन वटा जितेको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । आजको दोस्रो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल मुम्बईको घरेलु मैदान वान्खडेमा हुनेछ । मुम्बई ५ खेलमा दुई जितसहित तालिकाको सातौँ स्थानमा छ । चेन्नई ५ खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ ।

गएराति भएको खेलमा पञ्जाबलाई हराएको राजस्थान रोयल्स ६ खेलमा ५ जितसहित तालिकाको शीर्ष स्थानमा छ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

सम्बन्धित खबर