
काठमाडौं । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अन्जान शाक्यलाई सिफारिस गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरिने राष्ट्रिय सभा सदस्य पद रिक्त थियो।
यसअघि राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौड्यालको कार्यकाल सकिएपछि पद रिक्त थियो। सोही स्थानमा शाक्य सिफारिस भएकी हुन्।
शाक्य इसराइलका लागि नेपाली राजदूत थिइन्। शाक्य नेकपा (एमाले) विदेश विभाग सचिव पनि हुन्।