
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिटै पारित हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२ औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले आमसञ्चार र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदमा पेस गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक आवश्यक रहेकोमा जोड दिनुभयो ।
सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समितिको समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सरकार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । उहाँले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ