२०८२ वैशाख १२, शुक्रवार , ०५:५७:१० बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा लखनउ र दिल्ली खेल्दै

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्टस् र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यो सिजनमा तेस्रो स्थानमा रहेको लखनउले अहिलेसम्म चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । पुछारमा रहेको दिल्लीले अहिलेसम्म पाँच खेल खेलेकोमा एक खेल जित्दा चार खेल हारेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म तीन खेल भएकोमा सबैमा लखनउ विजयी भएको छ । लखनउ केएल राहुलको कप्तानीमा छ भने दिल्लीका लागि ऋषभ पन्त कप्तान रहेका छन् ।

सम्बन्धित खबर