
बिर्तामोड । झापाको दुर्गापुर–सुखानी सडक खण्डमा ट्रक दुर्घटनामा परेको छ ।
झापाको दुर्गापुरबाट इलामको जीतपुर गोलिया लिनका लागि हिडेको प्र–१–०१–००१ख ३९९९ नम्बरको ट्रक उक्त सडक खण्डको दहिझोडा स्थित जंगलमा अनियन्त्रीत भएर पल्टिएको हो ।
कुदीरहेको बेला टायर पड्किएर ट्रक दुर्घटनामा परेको बताइएको छ । ट्रक सडक भन्दा २० फुट तल खोल्सीमा खस्दा एक जना घाइते भएका छन् ।घाईते हुने गाडी धनी समेत रहेका बिर्तामोड निवासी २५ वर्षीय रोजन गुरुङ् घाईते भएको सहचालक सौरव दियालीले जानकारी दिए ।
उनलाई उपचारको लागी बिर्तामोडको बिएण्डसि अस्पताल ल्याइएको बताइएको छ ।