![](https://sajhamanch.com/wp-content/uploads/2023/09/1600005723_money-1200x560-1-e1693900031386.jpg)
काठमाडौं। पोखरा महानगरपालिकामा कार्यरत सव–इन्जिनियर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन्।उनीहरुलाई बुधबार साँझ १ लाख ५० हजार रूपैँया घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ।