
स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ प्रहरी चौकीका अनुसार, गल्याङ नगरपालिका–२, गराङ्दीका भरत रानाका १४ वर्षीय छोरा युनिकको मृत्यु भएको हो ।
६ जना साथीहरू पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीमा खबर गरेका थिए । बिहान १०ः३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।
रानाको शव परीक्षणका निम्ति वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरूसित प्रहरीले सोधपुछ थालेको छ ।