
भद्रपुर।भद्रपुरस्थित मेची पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका-५ स्थित प्रहरी बिट मेची पुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक नगरपालिका-५ का ३५ वर्षीय दिलीप महतलाई लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फरक क्षमता भएको महतले बायाँ खुट्टाको तिघ्रामा कालो प्लास्टिक भित्र लुकाइछिपाई टेपले बाँधी ल्याएको २४ पिस लुपिगेसिक, २४ पिस डायजेपाम र २४ पिस फेनेर्गन लागु औषध फेला परेको थियो ।
लागूऔषधसहित पक्राउ परेका महतलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।